logo

नारायणी एफएमको बार्षिकोत्सव ७ महिलासहित ५३ जनाद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १८ गते ०५: ३७ मा प्रकाशित     664   पटक पढिएको

वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

 

 प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं वर्षमा प्रवेश गरेको अवसरमा राखिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
 
बीरगन्जको कुमु प्यालेस होटलमा तीन घण्टासम्म चलेको रक्तदान ७ महिलासहित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । विहान ८ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम चलेको थियो ।

सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ र नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले रक्तदातालाई व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

 

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष विरेन्द्रराज कंडेल र रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटालाई लाठ र चौहानले व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको उदघाटन गरिएको थियो ।

 

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस युनियनका सचिव अशोक तिवारी र केन्द्रीय सदस्य श्रीराम रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे र जगत राई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।

रक्तदान गर्ने महिलाहरुमा नुतन सरावगी, अप्साना खान, प्रकृति अधिकारी, आरजु देवकोटा, निलम सिंह, सुकृति सिंह, दिर्घ कुमारी थापा, सुनिता कुमारी र रिया भट्टराई छन् ।

 

पुरुषतर्फ भने बिरेन्द्रराज कँडेल, गोबिन्द देवकोटा, रञ्जित यादव, शब्दर हुसेन, आनन्द साह, बलिराम यादव, रवि कुमार गुप्ता, शिवनाथ यादव, कमल मोहन पोखरेल, रुप नारायण ठाकुर लोहार, किशोर राना मगर, ईश्वर राना मगर, नितिश कुमार सिंह, बिशाल पटेल, दिपेन्द्र साह, आशिष चौहान छन् ।

 

यसैगरी ज्योतिलाल पण्डित, हरिशंकर कुमार कर्ण, श्याम प्रकाश लाल, अभिशेख तिवारी, गिरिश कुमार, उमेश कुशवाहा, धुरेन्द्र कुशवाहा, सुरेन्द्र राम, जगमोहन पटेल, पुरुषोत्तम पटेल, सदाम हुसेन, सन्दिप साह, धर्मेन्द्र चौरसिया, अजय प्रसाद महतो, प्रभाकर अधिकारी, माधव तिमल्सिना, अभिनाश चौरसिया, रघुनाथ तिमल्सिना, दिनेश कुमार मिश्र, सुजन पौडेल, बिजय कुमार रौनियार, अर्जुन श्रेष्ठ, अभिशेक पटेल, राधेश्याम यादव, ललित धामी, निरज पिठाकोटे मगर, बिबेक खड्का र प्रवेज हवारीसहितकाले रक्तदान गरेका छन् ।

 

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल) द्वारा सञ्चालित नारायणी एफएम २०६३ साल कार्तिक ४ गते शनिबार लक्ष्मी पूजाको दिनबाट प्रसारण शुरु गरेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.