logo

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट अटिजम स्पेसलिस्टको मान्यता प्राप्त

 इसीमाना सम्वाददाता     २०८० फागुन २ गते ०८: ५६ मा प्रकाशित     468   पटक पढिएको

काठमाण्डौ । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त गरेका छन्।

 

विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्।

उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइ बी सी सी इ एस ले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्छ। उक्त बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू,विशेषज्ञहरूका साथसाथै संसारभरीवाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ।

यस अघि नेपाललाई मापदण्डमा नराखिएको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो।

 

विश्वका कुनाहरूमा यस्ता धेरै क्षेत्रहरू छन् जहाँ नेपाल देश भनेर समेत चिनिएको र समेटिएको छैन , आफ्नो फाइदा गर्दैगर्दा आफ्नो माटोलाई समेत बिर्सनु नहुने नेपाल एकेडेमी अफ साइकोलोजीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक उपहारजंग शाह बताउँछन्। विदेशी भूमिमा आफ्नो राष्ट्रको स्वार्थ संरक्षण गर्ने कर्तव्य सबै नेपालीको भएको शाहको भनाई छ ।

मनोविद भगवती भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् भने आफ्नो २४ सै घण्टा अटिजम भएका बालबालिकाको थेरापी ,शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा बिताउँछिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.