वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि बिहिवार जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालय पर्सामा निवेदन दर्ता भएको छ।
सरकारी कागज किर्ते सम्बन्धी कसुरमा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउन जाँदा दर्ता गर्न आनाकानी गरेको आरोप लगाउदैं वीरगञ्ज छपकैया ३ बस्ने लियाकत अलीले न्यायधीवक्ताको कार्यालयमा निवेदन दिएका हुन ।
कार्यालयले आजै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र लेखि आवश्यक कानुनी कारबाहीको लागि निवेदकको उजुरी नै जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ।
निवेदनमा मेयर सिंह, रुबिना श्रेष्ठ र रिता भट्टराई माथि कारबाहीको मांग गरीएको छ।
तपाईको प्रतिक्रिया