logo

सदभाव बिगार्ने समाग्री कुनै सञ्चार माध्यमबाट प्रशारण नगर्न प्रजिअ भूषालको अनुरोध

 इसीमाना सम्वाददाता     २०८० फागुन ८ गते ०७: ४९ मा प्रकाशित     646   पटक पढिएको

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले धार्मिक, सामाजिक, सदभाव बिगार्ने समाग्री कुनै सञ्चार माध्यमबाट प्रशारण नगर्न अनुरोध गरेका छन ।

भूषालले मंगलवार एक सूचना जारी गर्दै द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा तथा कुनै सञ्चार माध्यमबाट प्रशारण नगर्न अनुरोध गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी भुसालले वीरगन्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिहरुको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रण भित्रै रहेको भन्न्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गरेका छन ।


उनले सयौं बर्षदेखि सबै जाजाति, धर्म, भाषा, सम्प्रदायबीचको एकता रहेको देशमा परिस्थिति असहज बनाउने कुनैपनि प्रयासप्रति प्रशासनको गम्भीर ध्यानकार्षण भएको जनाउदै नेपाली जनता बीचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने प्रतिबद्धता सहित सहयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी भुसालले आग्रह गरेका छन् ।

नागरिकबीच द्वेष सृजना गर्ने, उद्योगधन्दा, व्यापार–व्यावसाय र नियमित क्रियाकलापमा असर पार्ने एवं शान्ति सुरक्षा, अनमन चयन गर्ने कार्यक्रमा नकारात्मक असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन अनुरोध गर्दै त्यस्ता क्रियाकलाप गरे गराएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने पनि प्रजिअ भूषालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.