वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका–५ बस्ने ४३ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका–१ बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता ध्रूबबहादुर श्रेष्ठले जनाए ।
उनीहरुलाई नगरपालिकाको वडा नं. ९ बाट प्रहरीले पक्राउ गरेको हो ।
ना १२ प ४९७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनायो ।
मोटरसाइकल चालक दिपेन्द्रलाइ जाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध नलकटुवा पेस्तोल बरामद गरेको प्रवक्ता श्रेष्ठले बताए ।
पक्राउ परेकाहरुमाथि हतियार सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया