logo

निजगढ बिस्फोट, ज्यान जानेको संख्या तीन पुग्यो

 इसीमाना सम्वाददाता     २०८० फागुन १५ गते १२: २९ मा प्रकाशित     300   पटक पढिएको

निजगढ । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा भएको बिष्फोटमा परि ज्यान जानेको संख्य तीन पुगेको छ ।

 

मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल,वीरगंज महानगर पालिका वडा नं.९ वस्ने ३४ का रितु रजत र बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगर रहेका छन् ।

 

यस्तै वीरगंज महानगरपालिका वडा नं. ९ वस्ने ३४ का फिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह घाइते भएका छन् ।

 

कवाड सञ्चालक राज जैसवालले बम जस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र वर्कशपमा काट्ने क्रममा सो बम जस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको बताएका छन ।

 

जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैसवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक शुरेस काफ्लेले बताए । यता अनुसन्धानमा खटिएको प्रहरीले सिसिटिभी हेरेर केही स्थानमा छापामारी गरि केही मान्छेलाई नियन्त्रणमा लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.