logo

मधेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा,कृषि र पर्यटनको बिकासमा टेवा पुग्ने

 इसीमाना सम्वाददाता     २०८० चैत १९ गते १६: ३६ मा प्रकाशित     2375   पटक पढिएको

गौर । रौतहटको गौरमा मधेश प्रदेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।


गौर नगरपालिकाको वडा नं २ महादेवपट्टीमा लालबकैया नदीमा बनेको झोलुङ्गे पुल समथर मधेशमा सबै भन्दा दोश्रो  लामो हो ।

May be an image of 3 people, fire tower and satellite dish

पुलको लम्बाई २ सय ५९ मिटर रहेको छ । गौर नगरपालिका र इश्नाथ नगरपालिकालाई जोड्ने यो पुलको निर्माणले इशनाथ नगरपालिका तर्फका बन्जाराह ,औरैयाका नागरिकलाई सदरमुकाम सम्मको पहुचलाई नजिक बनाईदिन्छ ।

पुलको निर्माणले इशनाथ तर्फका किसानको कृषि उपजले सलुभ रुपमा सदरमुकामको बजार सम्म आफनो पहुच बनाउन सक्छ ।

 

किसानलाई ढुवानीको लागत कम हुदा बचत बढी हुन सक्छ । त्यस्तै पुल पर्यटककालागि पनि गन्तब्यको केन्द्र बन्न सक्छ । पर्यटकहरुको गन्तब्य केन्द्र बनाउन सक्दा स्थानीय उत्पादनले त्यही बजार पाउने रोजगारीमा समेत बृद्धि हुने अपेक्षा राखिएको गौर नपाका प्रवक्ता तथा वडाध्यक्ष अर्जुन सिंहले बताए ।

May be an image of 1 person
इलम हेल्भेटासको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल बैशाख १ गते हस्तान्तरण गर्ने गरि तयारी गरिएको छ ।

 

निर्माण पक्षले तिब्रगतीमा पुल निर्माणको काम गरिरहेको छ । बैशाख ७ गते नेपालका पूर्व प्रधानमंत्री माधव कुमार नेपाल र गौर नगरपालिकाका प्रमुख शम्भु साहद्वारा पुल उद्धाटनको तयारी भइरहेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।


पुलको ०७९ माघ २८ गते नगरप्रमुख साहले शिलान्यास गरेका थिए । ०८० साल मंसीर ३ गतेबाट मात्र निर्माणको काम शुरु भएको थियो । अव निर्माणको काम अन्तिम चरणमा पुगेको गौर नगरपालिकाका प्रमुख साहको सचिवालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.