logo

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस को दोश्रो महाधिवेशन बीरगंजमा हुने, तयारी पुरा

 इसीमाना सम्वाददाता     २०८० चैत २० गते १६: ०५ मा प्रकाशित     323   पटक पढिएको

बीरगंज । मानवीय सेवामा क्रियाशील सामाजिक परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस को दोस्रो महाधिवेशन बीरगंजमा हुने भएको छ ।

 

महाधिवेशनको आवशयक तयारी पुरा भएको लायन्स लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस का कार्यकारी प्रमुख एवं महाधिवेशनका कन्भेनर प्काश बाहेतीले जानकारी दिए । महाधिवेशनको तयारी बारे बुधवार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराईएको हो ।

 

२४ चैतदेखि वीरगञ्जको क्लार्क रिसोर्टमा दोस्रो महाधिवेशन हुने बाहेतीले बताए । उनले भने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव उदघाट्न सत्रमा सहभागि हुने छन ।

 

महाधिवेशनमा देशभरिबाट ४ सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने छ । यो महाधिवेशनले डिस्ट्रिक गर्भनरको चयन गर्ने छ । गर्भनरमा टासी डोल्मा तुम्वाहाम्फे र प्रथम गर्भनरमा बिनय बस्नेतले उम्मेदवारी दिने भएका छन । बीरगंज बाट सेकेन्ड गर्भनरकालागि राम बिहारी पाण्डेले उम्मेदवारी दिने भएका छन ।

 

पत्रकार सम्मेलनमा लायन्स लायन्स क्लब इन्टरनेशनलका पूर्व गर्भनर रमेश अग्रवाल, एस का गर्भनर डी.एन.अग्रवाल ,रामबिहारी पाण्डे ,लायन्स बासु तिमिल्सीना, उमेश शर्मा लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.