logo

स्रोत नखुलेको छ लाख नेपाली रुयैया सहित बीरगंजकी सोनार पक्राउ

 इसीमाना सम्वाददाता     २०८० चैत २६ गते १७: ३९ मा प्रकाशित     256   पटक पढिएको

बीरगंज । सशस्त्र प्रहरीले श्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहितवीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ३७ बर्षिया मालतीदेवी सोनारलाई पक्राउ गरेको छ ।

सोमबार भारतको रक्सौफबाट पैदल वीरगन्ज आउँदै गरेकी सोनारलाई वीरगन्ज १६ स्थित शंकराचार्य गेट नजिकै सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।

 

त्यसक्रममा उनको साथबाट श्रोत खुलाउन नसकेको नेपाली १ हजार दरको नोट ६ सय थान अर्थात ६ लाख रुपैयाँ बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले बताए ।महिलाको साथबाट बरामद रकम हुण्डीको कारोबारमा प्रयोग गरिएको रकम रहेको सशस्त्र प्रहरीको आशंका छ।


रकमसहित नियन्त्रणमा लिइएकी सोनारलाई आवश्यक कारबाहीका लागि सोमबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले जानकारी दिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.