प्रतिकात्मक तस्विर
वीरगञ्ज । जगरनाथपुर गाँउपालिका क्षेत्र भएर बग्ने ओरिया खोला किनारमा फेला दुई वटै शवको सनाखत भएको छ । गत मंगलबार जगरनाथपुरको वडा नम्बर १ पिडारी नजिकै ओरिया खोलामा गाडिएको अवस्थामा २ वटा शव फेला परेको थियो ।
शब बारा जिल्लाको कलैया उपमहानगरपालिका वाड नम्बर ६ का ६० वर्षीय रामएकवाल पडित कुम्हाल र बाराकै आर्दशकोतवाल गाउँपालिका वाड नम्बर ७ घर भई हाल कलैयामा बस्दै आएका ४० वर्षीय ठाकुर लोहारको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्त एवम डिएसपी दीपक भारतीले जानकारी दिए ।
दुवै शवको परीक्षण सकिएको छ । तर के कारणले उनीहरुको मृत्यु भएको हो भन्ने बारे प्रहरीले अहिले खुलाएको छैन ।
तपाईको प्रतिक्रिया