logo

हुण्डीको रकम सहित जीतपुर सीमराका कोइरी पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ असार ४ गते ०५: ५७ मा प्रकाशित     202   पटक पढिएको

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–७ जितपुर टोल बस्ने अन्दाजी बर्ष ३८ को छठु महतो कोईरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार चेकप्वाईन्टबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटीएको सशस्त्र प्रहरीको टोलीले कोइरीलाई १२ लाख रुपैया सहित पक्राउ गरेको हो ।


कोइरीको साथबाट फेला परेको १२ लाख रुपैया हुण्डीको रकम भएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले कोईरीलाई रकम सहित भन्सार दाखिला गरेको हो ।


रक्सौलबाट प्रदेश २–०३–०२० प ४२२२ नं.को मोटरसाईकलमा बीरगंजतर्फ आउदै गर्दा चेकजाँच गर्ने क्रममा उनले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको १२ लाख रुपैंया परीले बरामद गरेको थियो ।

 

रकमको सोत नखुलेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.