वीरगञ्ज । गहवामाईको रथयात्राका दिन वीरगञ्जको सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द रहने भएको छ । बीरगंज महानगरपालिकाले एक सूचना जारी गर्दै बिदालय बन्द रहने जनाएको हो ।
असार २३ गते गहवामाईको रथयात्रा निकालिने भएको छ । माइस्थानस्थित गहवामाईको रथ यात्रा निकालिने दिन अर्थात् यहि असार २३ गते महानगरका सम्पूर्ण सामुदायिक एवम् संस्थागत विद्यालयहरुमा पठनपाठन बन्द हुने भएको हो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृकाप्रसाद भट्टराइढारा जारी बिदालय बन्द गरिने उल्लेख छ । असार १६ गते महानगरका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले यसबारे निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
रथयात्रामा बढीभन्दा बढी भक्तजनहरुको सहभागिता जुटाउन यस्तो निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भट्टराइले जानकारी दिए । यस्तै पूर्व निर्धारित छात्रवृत्ति वितरण कार्यक्रम समेत सारेर असार २४ गते आयोजना गर्न सम्पूर्ण विद्यालयहरुलाई महानगरको निर्देशन गरेको छ ।
तपाईको प्रतिक्रिया