logo

रौतहटको बृन्दाबनका मेयर बिरुद्ध पक्राउ पूर्जी जारी, प्रशासन भने सुरक्षा दिदै

 इसीमाना सम्बाददाता      २०८१ असार १९ गते १६: ३३ मा प्रकाशित     353   पटक पढिएको

गौर । रौतहटको बृन्दावन नगरपालिकाका मेयर बिनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कुर्मीलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले आदेश जारी गरेका हो । तर उनी पक्राउ परेका छैनन । अचम्म त के छ भने उनले दैनिक नगरपालिकाको कामकाज गरिरहेका छन् ।असार १० गते सुरक्षाकर्मीको उपस्थितिमा नगरसभासमेत सम्पन्न गरेका छन् । यि परिघटनाले पक्राउ पूर्जी जारी भएर के भयो र ? भन्ने प्रश्न उठेको छ ।

वृन्दावन नगरपालिका–१ स्थित राहुल माछापन्छी तथा कृषि फर्मको गोठ, घर र बाछो घाइते हुने गरी २०८१ जेठ २७ गते साँझ आगो लगाई आपरधिक गतिविधि गरेको भन्दै वृन्दावन–४ का वडाअध्यक्ष श्यामराय यादवका छोरा मुरलीधरराय यादवले मेयर कुर्मीलगायत १४ जनाविरुद्ध जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका थिए । प्रहरीले सो जाहेरी दर्ता गरी अदालतबाट असार २ गते पक्राउ पुर्जीको आदेश लिएको छ ।

 

इलाका प्रहरी गरुडाका अनुसार घटनामा मेयर कुर्मीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।अर्को तर्फ मेयर पक्षले जेसीवी तोडफोड गरेको भन्दै वडाअध्यक्ष श्यामराय यादव, वडा २ का अध्यक्ष सिकिन्द्र पटेल, नगर प्रमुखका प्रत्यासी माओवादी नेता रामप्रसाद पटेललगायत १८ जनाविरुद्ध असार ८ गते जाहेरी दिएको थियो । इलाका प्रहरीले सो जाहेरी दर्ता गरि उनीहरुबिरुद्ध पनि पक्राउ पूर्जी लिएको छ ।


यही बीच मेयर कुर्मी र स्थानीय बीच बागमती नदीमै झगडा भएको थियो । जिल्ला प्रशासन कार्यालमा दुबै पक्षलाई बोलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेठ २५ गते छलफल गराए । नदीजन्य वस्तु उत्खनन् गर्दा स्काभेटर प्रयोग नगर्ने, चक्का भएको जेसिबी प्रयोग गर्ने भन्ने सहमति भएको थियो । तर मेयर कुर्मीले बलजफ्ती स्काभेटर प्रयोग गरेको भन्दै जेठ २७ गते केही स्थानीय पुगेर तोडफोडमा उत्रे पछि घटनाले उग्र रुपले लिएको छ ।

 

त्यसैदिन साँझ वडाअध्यक्ष श्यामराय यादवको फर्ममा आगजनी भएको थियो । आगजनी घटनामा ५४ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीको जाहेरीमा उल्लेख गरेको छ ।

जिल्ला अदालतले मेयर कुर्मीको अलवा वृन्दावन–६ का धर्मेन्द्र पटेल, हरिनारायण राउत, बैजु पटेल, शुसिल पटेल, बजरंगी पटेल, रामअशिष राउत, वडा ९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा २ सिकिन्द्र पटेल, छबिलाल पटेल, देवेन्द्र पटेल, र वडा नम्बर १ का अजय पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.