logo

लागु औषध सहित कोल्हवीका श्रीमान श्रीमती बीरगंजमा पक्राउ

 इसीमाना सम्बाददाता      २०८१ सावन २७ गते १४: ४४ मा प्रकाशित     449   पटक पढिएको

वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने २१ वर्षका अनिल पौडेल र सोही ठाउँकी २० वर्षीया प्रेरणा पौडेललाई पर्सा प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना श्रीमान श्रीमती हुन ।

 

उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।

 

रक्सौलबाट नेपालतर्फ आउँदै गरेका दुबैजनाको साथबाट प्रहरीले नाइट्राभेट १० लेखिएको २ सय ९४ पीस ट्याब्लेट फेला पारेको प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।


अस्थायी प्रहरी पोष्ट इनर्वा गाँउबाट खटिएको प्रहरीको चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई लागु औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.