logo

समस्यामा परेकी एक पत्रकारलाई प्रेस चौतारी नेपाल रामेछापको आर्थिक सहयोग

 इसीमाना सम्वाददाता     २०८१ भदौ ९ गते ०७: ४० मा प्रकाशित     466   पटक पढिएको

रामेछाप । रामेछापमा बाढी पहिरोका कारण घर भत्किएर समस्यामा परेकी एक पत्रकारलाई प्रेस चौतारी नेपाल रामेछापले आर्थिक सहयोग गरेको छ ।


अविरल वर्षाको कारण घर भत्किएर आफन्तको घरमा बस्दै आएकी पत्रकार झर्ना खड्काको परिवारलाई प्रेस चौतारी नेपाल रामेछापले आर्थिक सहयोग गरेको हो ।

चौतारीले सदस्यहरूको बिचबाट स्वैच्छिक सहयोग सङ्कलन गरी खड्कालाई ११ हजार ४ सय रुपैँया प्रदान गरेको छ ।


सङ्कलित रकम प्रेस चौतारी रामेछापले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज नवराज पथिकले आइतबार खड्कालाई हस्तान्तरण गर्नुभयो ।

 

कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले आपत् परेको बेला एकाकार हुन संस्थाको तर्फबाट सहयोग गरिएको बताउनुभयो । उहाँले सहयोग सानो भए पनि अत्मियताको हिसाबले ठुलो भएको स्पष्ट पार्नुभयो ।


सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि, वाग्मती प्रदेश सदस्य, जिल्लाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।


गत साउन १६ गतेको वर्षाको कारण खड्काको रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ मा रहेको घर भत्किएको थियो । घर भत्किए पछि खड्काकाे परिवार आफन्तको घरमा बस्दै आउनु भएको छ ।


सहयोगको लागि स्थानीय सरकारलाई बारम्बार अनुरोध गर्दा पनि कुनै सहयोग नपाएको खड्काले बताउनुभयो । पत्रकारहरूले गरेको सहयोगले आफ्नो आत्मबल बढेको उहाँले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.