logo

उपचारकै क्रममा घाइते टिनुको मृत्युपछि अलौमा तनाब, स्थानीय नागरिक सडकमा

 इसीमाना सम्बाददाता      २०८१ भदौ २८ गते १३: १३ मा प्रकाशित     334   पटक पढिएको

वीरगञ्ज । सवारी दुर्घटनामा बीरगंज १७ अलौंका २२ वर्षिय टिनु कुमार तुराहको उपचारको क्रममा मृत्यु भएपछि अलौबासी सडकमा उत्रिएका छन ।

 

हिजो मोटरसाइकलमा सवार टिनुलाई ट्याङ्करले ठक्कर दिएको थियो । ठक्करकै कारण घाइते भएका टिनुलाई उपचारकोलागि बयोधा मेडिसीटी अस्पतालमा उपचारकोलागि भर्ना गरिएको थियो ।

 

उपचारकै क्रममा राती उनको मृत्यु भएको हो । ना ६ ख ७५०३ नम्बरको ट्याङ्करको ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलका चालक तुराह घाइते भई अस्पतालमा भर्ना गराइएका थिए ।

 

हिजो दुर्घटनालगत्तै गम्भीर घाइते साहलाई उपचारका लागि पहिला बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियो ।

 

त्यसपछि बयोधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका साहको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

 


टिनुको मृत्युको खवरले दुःखीत र आक्रोशित भएका उनका आफन्तजन तथा स्थानीय सडकम उत्रिएका छन । ठुलो संख्यामा सडकमा उत्रिएका स्थानीयले ठक्कर दिने गाडीका चालकलाई कारवाही र मृतक परिवारलाई क्षतीपूर्तीको माँग गरेका छन ।

 

स्थानीयले ट्याङ्कर चालकको लापरवाहीको कारण दुर्घटना भएको र पछि ट्यांकर चालकले जानीजानी ठक्कर दिएर मारेको आरोप लगाएका छन ।

 

ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.