logo

नौ घण्टा बित्यो रानीघाट पूलबाट फाल हानेकी किशोरीको पत्तो लागेन, खोजीकार्य जारी

 इसीमाना सम्वाददाता     २०८१ असोज १३ गते ०६: १८ मा प्रकाशित     128   पटक पढिएको

बीरगन्ज । आइतबार बिहान बीरगन्जको सिर्सिया नदीमा हाम फालेकी किशोरी फेला परेकी छैनन् ।

 

उनको खोजीकार्य भइरहेको छ । यद्धपी नदीमा फाल हानेको ९ घण्टा भइसक्दा समेत किशोरी फेला परेकी छैनन ।

 

उनको खोजीम भारतीय प्रहरीसंग समेत समन्वय भइरहेको पर्साका प्रहरीका प्रवक्ता डिएसपी दीपक भारतीले जनाए ।


उनको खोजीकालागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको २० जना टोली परिचालीत छ ।

 

किशोरीको खोजीमा २० जना प्रहरीको टोलीले बिहानैदेखि परिचालीत भएपनि उनको बारेमा केही पत्तो भने लागेको छैन । 


उनले भने, ‘नदीमा बाढी आएको छ । किशोरीलाई बगाएर भारततर्फ लगेको भन्ने अनुमान पनि गरेका छौ ।

 

त्यहि कारण भारतीय प्रहरीसँग पनि समन्वय गर्दै किशोरीको खोजी कार्य भइरहेको छ ।’


नेपाल–भारततर्फ बोर्डरसम्म सिर्सिया नदीमा किशोरीको खोजी कार्य तीव्र रुपले गरिरहेको उनले जानकारी दिए ।


किशोरीको अवस्थाबारे अज्ञात रहेको भन्दै प्रहरी नायब उपरीक्षक भारतीले उनी फेला परेपछि मात्र यथार्थ विवरण खुल्ने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाण्डौ ।चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।

समाज

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.