logo

घटस्थापनाको दिनमा बीरगंज ,रंगपुर लगायतका बिभिन्न ठाउमा कलश यत्रा सम्पन्न,नवरात्रीको पूजा धुमधामले गरिने

 इसीमाना सम्वाददाता     २०८१ असोज १७ गते ०६: ४२ मा प्रकाशित     726   पटक पढिएको

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन बिहिवार घटस्थापनाका अवसरमा वीरगञ्जसहित सम्पूर्ण देशभर विशेष पूजापाठका कार्यक्रम सम्पन्न भएका छन् ।

May be an image of 8 people, temple and text

नौ दिन सम्म सफा र चोखो बसेर पूजा गरिने भएकोले बिहिवारबाट नवरात्री पनि प्रारम्भ भएको छ । मधेश प्रदेशमा नवरात्रीको महत्व निकै रहेको छ । घटस्थापनाको दिन पर्साको वीरगञ्जलगायतका विभिन्न स्थानमा कलश यात्रा गरेर उल्लासमय वतावरणमा कलश स्थापना गरिएको छ ।

विशेष गरी वीरगञ्जको रानीघाट, घण्टाघर, घडिअर्वा, नगवा, प्रतिमा चोक, छपकैयालगायतका क्षेत्रहरूबाट बिहानै वृहत् कलश यात्रा निकालियो ।

May be an image of 1 person and crowd

पर्सा जिल्लाका सम्पूर्ण स्थानीय तहका माता भगवती तथा दुर्गा मन्दिरहरूबाट निस्किएको कलश यात्रामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

May be an image of 5 people, temple and text

त्यस्तै बारास्थित गढीमाई पञ्चवर्षिय मेलाका लागि पनि बिहिवार नै शोभा यात्रा सुरु भएको छ । आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो ।

gadhimai1.jpg

हात्ती, घोडा उटँ, झाकी दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ ।

शोभा यात्रामा ५० हजार भक्तजनहरुको सहभागीता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए ।

gadhimai2.jpg
त्यस्तै पटेर्वा सुगौलीको रंगपुरमा पनि कलश यात्रा सम्पन्न भएको छ । सखुवा प्रसौनीको घुसुकपुरमा दुर्गा माताको प्रतिमा बनाई बिशेष पूजा गरिने पूजा समितिका अध्यक्ष शंकर महतोले बताएका छन ।


रंगपुर र घुसुकपुरको वीचमा निर्माण गरिएको दुर्गामाताको प्रतिमाबाट कलश यात्रा शुरु भएको कोषाध्यक्ष दौलत यादवले बताए ।

May be an image of 2 people, people smiling and temple
पुजा ब्यवस्थापनकालागि श्रद्धाजुल भक्तजनबाट चन्दा सहयोग संकलन गरिएको र त्यही रकमबाट पूजा ब्यवस्थापन गरिने आर्थिक समितिका संयोजक नागेन्द्र रामले बताए । पूजामा रंगपुर बजार र घुसुकपुरका नागरिकको सहभागिता रहने समितिका सदस्य बिजय पटेलले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.