logo

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

 इसीमाना सम्बाददाता      २०८१ असोज १८ गते १३: ४७ मा प्रकाशित     217   पटक पढिएको

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

 

प्रसीद्ध गढीमाई मन्दीर दर्शनकालागि कलैया सम्म पुग्ने दर्शनार्थीकालागि यस्तो सेवा संचालनमा ल्याइएको ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेलले बताए ।

 

उनले महागढीमाई नगरपालिका संगको समझदारीमा निशुल्क बससेवा संचालन गरिने जनाए ।


मन्दीर दर्शन गर्न चाहने दर्शनार्थीकालागि सहज होस , समयको बचत अर्थको बचत समेत होस भन्ने सदइच्छा राखेर बस संचालन गरिने पौडेले बताए ।


गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो । पहिलो पटक निशुल्क बस संचालनबाट नेपाल र भारतका सीमावर्ती क्षेत्रका हजारौं दर्शनार्थीहरु लाभान्वित हुने पौडेलको बिश्वास छ ।

 

भरत चोकबाट दर्शनार्थीहरुले हरेक दिन विहान साढे ६बजेदेखि गढीमाई मन्दिरको दर्शन गर्न बस चढेर जान पाउनेछन् ।

 

श्रद्धालु भक्तजनको यात्रालाई सहज बनाउनकालागि समाजिक दायीत्व र जिम्मेवारी बुझेर निशुल्क बस सेवा संचालन गरिएको पौडेलको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.