logo

लागु औषध सहित महागढीमाईका कुवशाहा र यादव पक्राउ

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक १४ गते ०६: ०१ मा प्रकाशित     294   पटक पढिएको

वीरगन्ज । लागु औषध सहित बारा जिल्लाको  महागढीमाइ नगरपालिका वडा नम्बर ७ का ओमबाबु कुशवाहा र शैलेस यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 


प्रहरीको विशेष टोलीले बीरगंज महानगर वडा नं १४ गण्डकबाट प्रतिबन्धित लागु औषधको  २ हजार ९ सय ९६ एम्पुल सहित  दुइजनालाइ पक्राउ गरेको हो । 

 

विशेष सूचनाको आधारमा गरिएको जाँचबाट प्रहरीको टोलीले उनीहरुको साथबाट नुरफिन, डाइजापाम र फेनारगन बरामद गरेको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

No photo description available.

उनका अनुसार वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसबाट प्रहरीको टोलीले ब्यागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषधहरु बरामद गरेको हो ।

 

प्रहरीले कुशवाहाको साथबाट १४८१ र यादवको साथबाट १५१५ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । बरामद लागु औषधसहित पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.