बीरगंज । निर्धारित भाडा दर भन्दा बढी भाडा असुल उपर गरेको आरोपमा प्रहरीले बीरगंज बसपार्कबाट दुईनालाई पक्राउ गरेको छ ।
बढी भाडा लिदै गरेको सूचना पाएपछी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।
लामोदुरीकोलागि संचालन हुदै आएको सार्वजनिक सवारी साधन छुटने काउन्टरबाट उनीहरु समातिएका हुन ।
समातिनेमा बीरगंज महानगरपालिकाका वडा नं ९का ६५ वर्षिय अशोक गुप्ता र वडा नं १६ का ४० वर्षिय बिजय साह रहेका छन ।
उनीहरु बिरुद्ध थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । कुन अपराध अन्तरगत उनीहरु बिरुद्ध अनुसन्धान भइरहेको हो भन्ने कुरा भने प्रहरीले केही खुलाएको छैन ।
तपाईको प्रतिक्रिया