logo

समाजवादी प्रेस संगठनको दोश्रो बैठक सम्पन्न,पत्रकारिता पुरस्कार छनौटकालागि समिति गठन

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ५ गते ०८: ३३ मा प्रकाशित     44   पटक पढिएको

बीरगन्ज । समाजवादी प्रेस संगठन पर्साले स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार बितरण गर्ने भएको छ ।

 

पुरस्कृत ब्यक्ति छनौटकालागि संगठनका केन्द्रीय सचिव बृजलाल पासवानको सल्लाहकार संजय साह र शाखा अध्यक्ष शम्भु कुमार समुन रहेको एउटा समिति निर्माण गरेको छ ।


संगठनले यस वर्षबाट पुरस्कारको राशी २१ हजार रुपैया हुने तय गरेको संगठनका पर्सा उपाध्यक्ष हरिशंकर मिश्रले बताए ।संगठनले मंसीर १५ गते स्व. सर्राफको स्मृतिमा बीरगंजमा सभाको आयोजना गर्ने निर्णय गरेको छ । बुधवार बीरगंजमा सम्पन्न संगठनका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्ष्क्षतामा भएको दोश्रो बैठकले दोश्रो स्मृति सभा आयोजना गर्ने निर्णय गरेको हो । 


आजको बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल लगायतको उपस्थिति रहेको थियो । भने बैठकको सहजीकरण संगठनका पर्सा सचिव बिनोद पटेलले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.