logo

मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पूनः सञ्चालन

 इसीमाना सम्बाददाता     २०८१ माघ ८ गते ०७: ४७ मा प्रकाशित     49   पटक पढिएको
मकवानपुर ।  सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ ।
 
थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग)  र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
 
प्रनाउ अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।
 
यसैगरी, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

विपद् ब्यवस्थापनमा स्थानीय सरकार उदासिन भएको भन्दै सरोकारवालद्वारा चिन्ता ब्यक्त

वीरगञ्ज । स्थानीय तहको उदासिनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको निष्कर्ष निकालिएको छ ।

आदिवासीले पहिचान जोगाउन मातृभाषा संरक्षणमा विशेष जोड दिनुपर्छः अध्यक्ष शेर्पा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मात्रृभाषामा विशेष जोड दिनुपर्ने बताएका छन् ।

खेलकुद

आर्मीलाई  २८ रनले पराजीत गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौँ ।   जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जीतेको छ ।

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १ सय ४६ औं जन्म दिवसको अवसरमा साताब्यापी कार्यक्रम संचालन भइरहेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.