राजबीराज। ठगीको आरोपमा सप्तरी प्रहरीले एक पत्रकार सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष रहेका बैथनाथ यादव तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बस्ने रामबहादुर भन्ने हनुमानी रजक रहेको सप्तरी प्रहरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए ।
उनीहरु बिरुद्ध बिभिन्न प्रहरी कार्यालयमा १३ वटा उजुरी दर्ता रहेका छन ।
सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै प्रलोभनमा पारी ठगी धन्दा चलाइरहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरको हो ।
अहिलेसम्म परेको जाहेरीको अध्ययन गर्दा गिरोहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ ।
पैसा डबल दिने भन्दै गिरोहले सर्वसाधरणसंग पैसा लिन्थ्यो । उनीहरुले आफूसंग पैसा छाप्ने मेशीन रहेको भन्दै पैसा माग्थे ।
यसरी पैसा लिदा कुनै प्रमाण भने दिदैन्थे । शुरुमा थोरै पैसाको उनीहरुले दुईगुना पैसा फिर्ता गर्थे ।
पैसा पाउने लोभमा सर्वसाधारणले धैरै पैसा दिन्थे । धेरै पचाउनकालागि उनीहरु प्रहरी प्रशासन आफनै हातमा भएको भन्दै धाक धम्की दिदै आइरहेका थिए ।
तपाईको प्रतिक्रिया