logo

लागू औषध मुद्दाका एक फरार अपराधी रौनीयार २०वर्ष पछि पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ माघ १८ गते ०३: १७ मा प्रकाशित     38   पटक पढिएको

वीरगन्ज । पर्सामा लागू औषध मुद्दाका एक फरार अपराधी  २० वर्षपछि पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने ४१ वर्षका चन्दन कुमार रौनियारलाई प्रहीले पक्राउ गरेको हो । रौनियारलाई प्रहरीले नगवा एरियाबाट पक्राउ गरेको जनाएको छ ।

उनीमाथि २०६१ साल असार १३ गते लागू औषध चरेस मुद्दामा पर्सा जिल्ला अदालतले दुइ वर्ष ७ महिना कैद र १० हजार रुपैँया जरिवाना फैसला सुनाएको थियो ।

सोही समयदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयनको विशेष टोलीले लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रौनियारलाई आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

आर्मीलाई  २८ रनले पराजीत गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौँ ।   जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जीतेको छ ।

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १ सय ४६ औं जन्म दिवसको अवसरमा साताब्यापी कार्यक्रम संचालन भइरहेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.