logo

फोनीज मधेशद्वारा चार पत्रकार कृयाशील पत्रकारीता पुरस्कार बाट पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८१ फागुन १७ गते ०५: १६ मा प्रकाशित     249   पटक पढिएको

कोल्हवी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशद्वारा चारजना पत्रकार पुरस्कृत भएका छन् ।

फोनिज मधेस प्रदेशले आफ्नो पाँचौ साधारण सभामा पत्रकारलाई पुरस्कृत गरेको हो ।  सञ्चारकर्ममा  लामो समयदेखि कार्यरत बाराका पत्रकार सत्य प्रसाद श्रेष्ठ र सामुदायिक रेडियो सर्लाहीमा कार्यरत रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।


त्यस्तै अर्को क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार गोरखापत्र दैनिकको जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरी र पूर्वेली दृष्टि साप्ताहिकका सम्पादक तथा पब्लिक प्रेस दैनिकका सहसम्पादक एवम् प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईलाई प्रदान गरिएको छ । चारैजनालाई फोनिजको मधेस प्रदेशको पाचौं साधारणसभामा प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पुरस्कार प्रदान गरेका थिए ।

जनही १०–१० हजार नगद, दोसल्ला र अविर माला सहित पुरस्कृत गरिएको थियो ।

फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा बाराको कोल्हवी नगरपालिकामा भएको साधारणसभा बन्दसत्रबाट सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहित महात्वपूर्ण निर्णय गरेर समापन हुने फोनिज प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगरले बताए ।

यसैबीच सम्मानित बाराका अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठले आफूले पाएको नगद पुरस्कार फोनिज बारालाई हस्तान्तरण गरेका छन् ।

 

फोनीज बारा मार्फत उत्कृष्ठ पत्रकारलाई पुरस्कार दिने प्रवन्ध मिलाउन आग्ह गर्दै उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको पुरस्कृत पत्रकार श्रेष्ठले बताए ।


फोनीज मधेश प्रदेशको पाँचौ साधारमा सभामा मधेश प्रदेशका सदस्य देवनारायण चौधरी, त्रिलोकी चौधरी,मन्जु थापा, फोनीजका संघीय उपाध्यक्ष लक्की चौधरी, अमरध्वज लामा, महासचिव समीर बलामी,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी.लामिछाने, केन्द्रीय सदस्य सिकेन्द्र पासवान,मधेश प्रदेशका अध्यक्ष शयाम बन्जारा, बाराका अध्यक्ष रमेश सुवेदी, तमाङ पत्रकार संघका केन्द्रीय सदस्य राजु लो,फोनीज धनुषाका अध्यक्ष अर्जुन मण्डल लगायतले शुभकामना ब्यक्त गरेका थिए । 


कार्यक्रमको संचालन फोमीजका महासचिव बृजमान तमाङले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

कृषिमा आधारित लघु उद्यमहरूलाई  सहुलियत दिन मन्त्रालय तयार  छः कृषि मन्त्री क्षेत्री

वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले माछा उत्पादनका साथै धान उत्पादनमा मधेश प्रदेश मुलुकमै अग्रणी स्थानमा रहेको बताए ।

वरहथवा बहु सरोकारवाला मञ्चको नगर संयोजकमा कार्की चयन

सर्लाही  ।   बहु सरोकारवाला मञ्च  वरहथवाको नगर स्तरीय नयाँ  समिति गठन भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.