सशस्त्र प्रहरी रिजर्भ गण पिलुवा बाराले अबैध काठसहित एउटा ट्रिपर बरामद गरेको छ । जीतपुर सिमरा उपमहानगर पालिकाको ना १ ग ७६२ न.को सरकारी टिपर अबैध काठ सहित पक्राउ परेको सशस्त्र प्रहरीका एसपी मनोज थापाले बताउनु भयो ।
ट्रिपरका चालक बच्चा सिंह दनुवारले काठ जीतपुर सिमरा १६ न वडा अध्यक्ष केदारनाथ बजगाइको भएको बताउनु भएको छ । ट्रिपरमा १६ थान चौकस राखिएको छ ।
ट्रिपर अहिले जिल्ला बन कार्यालयको नियन्त्रणमा छ । उपमहानगरको तर्फबाट घटनालाई मिलाउन प्रयास शुरु गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।
काठ लोड गर्न नगरका प्रमुख कार्यकारी अधिकृत चेतप्रसाद पोखरेल ले समेत सहमती दिएको चालक दनुवारको भनाई रहेको छ । यता जीतपुर सीमरा उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष बजगाईले सामाजिक संजालमा भने आफूनो नाम जोडिनुलाई दुःख दायी भन्दै आफनो संलग्नता नरहेको दावी गर्नु भएको छ ।
तपाईको प्रतिक्रिया