logo

हिन्दु स्वंयसेवक संघ द्धारा मानवीय उद्धार कार्यमा थप सेवा विस्तार गर्दै निशुल्क औषधी बैंक संचालन  

      5/25/2021 गते 00 00 मा प्रकाशित     620   पटक पढिएको

हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले कोरोना संक्रमित भएका विरामीहरुलाई निशुल्क रुपमा औषधी उपलब्ध गराउँन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ ।

वीरगन्ज १६ बाईपास ( माँ बैष्णो मन्दिर ) नजिक रहेको हिन्दु स्वंयसेवक संघको कार्यालय (केशवधाम भवन) बाट निशुल्क रुपमा कोरोना संक्रमितहरुको लागि औषधी वितरण कार्य शुरु गरेको हो  ।

औषधी बैंकको उदघाट्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभयो । औषधी बैंकको उदघाट्न गर्दै मेयर सरावगीले संघले महामारी जस्तो गम्भिर परिस्थितीमा पनि आफनो स्वास्थ्यको ख्याल नगरी मानवीय सेवालाई थप निरन्तरता दिएको प्रति अभार प्रकट गर्नु भयो  ।

संघले संचालनमा ल्याएको औषधी बैंकमा कोरोना संक्रमित देखिएका विरामीहरुको लागि फुल प्याकेज औषधी निशुल्क उपलब्ध गराइने छ । कोरोना संक्रमित भएको रिपोर्ट वा चिकित्सकको सल्लाह अनुसारको विरामीलाई २४ औं घण्टा औषधी उपलब्ध गराउँने संघले जनाएको छ ।

आवश्यक परे घरमै पुगेर विरामीलाई औषधी उपलब्ध गराउँने छौ, जनकपुर सम्भागका कार्यवाहले भन्नुभयो े, कुनैपनि व्यक्तिलाई औषधी उपचार र भोजनको अभाव हुन दिदैनौ, हामी जति सक्छौ निशुल्क औषधी र भोजनको व्यवस्था मिलाउँछौ ।

संघले यसअघि पनि वीरगन्जको विभिन्न क्षेत्रमा लकडाउँनबाट प्रभावित व्यक्तिलाई राहत तथा निशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको छ । नेशनल मेडिकल कलेजको कोरोना अस्पताल नगवामा  रहेको विरामीहरुको आफन्त कुरुवाहरुलाई दैनिक विहान र बेलुका निशुल्क भोजन तथा आवासको व्यवस्था मिलाएको छ ।

संघले कही कतै कोही कोरोना संक्रमित ब्यक्ति वा परिवार छन जसलाई (औषधि, भोजन, वा अन्य कुनै पनि प्रकारको) सेवाको आवश्यकता छ भने कृपया सम्पर्क नम्बर ९८५५०२०८०८, ९८०२९२०८०८ र ९८४८९०२९५६ मा फोन गरी वा गराइदिन हुन अनुरोध समेत गरेको छ ।

सूचना पाएपछि निरन्तर खटिरहेका स्वयंसेवक क्रमश, सुरज अवस्थी, कृष्ण आर्चाय, कृष्णमोहन सहाय, सनी मुखिया, लक्ष्मण चौधरी, नौनित बराल, नरेश सर्राफ, कृष्ण चौरसिया, मोनु कलवार, रुपेश हाँस्दा, सुभाब जी लगायतले त्यसको ब्यवस्थापनमा सहयोग गर्ने संघले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.