कोरोना महामारीको दोस्रो लहरमा फ्रन्ट लाइनमा खटेका वाराका सुरक्षाकर्मीलाई मंगलबार वीरगन्जका तीनवटा संस्थाले ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
ओएचएम सोल्युशन्स, दरबार ट्रेडर्स र एनसेल कलस्टर ८ ले जिल्ला प्रहरी कार्यालय वारा र मातहातमा कार्यरत कर्मचारीका लागि ३ हजार थान मास्क, एक सय थान फेस सिल्ड, २५ लिटर सेनिटाइजर र ६ थान भेपोराइजर हस्तान्तरण गरेका हुन् ।
कोरोना नियन्त्रणमा अहोरात्र खटने सुरक्ष्ाँकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको ओएचएम सोल्युशन्स र दरबार ट्रेडर्सका सञ्चालक सन्जय अग्रवालले जानकारी दिनु भयो ।
स्वास्थ्य सामग्री प्रदान गरि कोभिड १९ विरुद्धको परिचालनमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने कार्यमा संस्थाको सहयोगको उच्च सम्मान गर्दै प्रहरी उपरिक्ष्ँक दीपेन्द्र शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।
महामारीको समयमा फ्रन्टलाइनमा खटिएका सुरक्ष्ाँकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतलाई आफूले सहयोग गर्दै आएको अग्रवालले बताए ।
तपाईको प्रतिक्रिया