logo

सप्तरीको  डाक्नेश्वरी नगरपालिका–३ की नौ वर्षीया बालिकाको विभत्स हत्या 

      6/19/2021 गते 00 00 मा प्रकाशित     962   पटक पढिएको

सप्तरीको  डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ ।

 

डाक्नेश्वरी नगरपालिका–३ तरहीका रामउदगार यादवकी छोरी शिवानीकुमारीको हत्या  भएको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिनु भयो  । 

 

परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर  पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।

 

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताउनु भयो । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताउनु भयो  ।

 

आसपासको खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.