उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगरका अध्यक्ष,पर्सा पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक सुजित भुजेल र प्रकाशक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष, प्रेस सेण्टर नेपाल पर्साका सदस्य अजित भूजेललाई पितृशोक परेको छ ।
उहाँका पिता राम बहादुर भूजेलको ८८ वर्षको उमेरमा भक्तपुरको सिटी हस्पिटलमा उपचारको क्रममा मंगलवार दिउसो निधन भएको हो । बीरगंज महानगरपालिका वडा नं २ निवासी ८८ वर्षिय भूजेल केही समय देखी कान्छो छोरासंगै भक्तपुरमा बस्दै आइरहनु भएको थियो ।
यसैवीच उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष के.सी.लामिछानेले एक शोक बक्तब्य जारी गर्दै स्व. भूजेलको असामयिक निधन प्रति गहिरो सम्बेदना ब्यक्त गर्नु भएको छ ।
उहाँले दिवंगत आत्माको चीर शान्तिका कामना सहित हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश २ का इन्र्चाज तथा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष निर बहादुर पिठाकोठे मगरले पनि एक बिज्ञप्ति जारी गरि स्व.भूजेलको प्रति श्रद्धा समुन ब्यक्त गर्नु भएको छ ।
तपाईको प्रतिक्रिया