logo

कोइरालाको स्मृतिमा कबरस्थानमा बृक्षारोपण सम्पन्न

      7/4/2021 गते 00 00 मा प्रकाशित     542   पटक पढिएको

नेपाली राजनीतिका  शिखर पुरुष नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आइतवार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

 

फाउण्डेशन पर्साले वीरगंजको विभिन्न स्थानमा वृक्षारोपण  गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताउनु भयो  ।

 

 साल,सिसौ ,बेल,सफेदा,खयर ,औरा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा  बिरुवा रोपण गरिएको हो । वीरगंजको आईसिपि र आर्दशनगरको कबरस्थानमा वृक्षारोपण गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताउनु भयो ।

 

फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा असार २० देखि २२ गते सम्म तीन दिने र्कायक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।

 

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा धुव्र नेपाल,दिना गुप्ता,श्याम कुमार पोख्रेल,रामरुप प्रसाद कुर्मी,सन्तोष सिहं,शैलेन्द्र उपाध्याय,शिवओम लामिछाने,भैयाराम पटेद,नविन सिहं,अमृतलाल जोशी,जंगबहादुर पटेल,किशोर सिहं फजिल अंसारी,मो.अबु हवारी,अब्बास देवान,शंकर महतो,गोपी महतो,वहाब अंसारी लगायतका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.