logo

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

 इसीमाना सम्वाददाता     २०८२ माघ १० गते ०६: २४ मा प्रकाशित     442   पटक पढिएको

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

 

अधिवेशनबाट विनोदकुमार मानन्धर सर्वसम्मत रूपमा अध्यक्ष र सुमनकुमार श्रेष्ठ सचिव पदमा निर्वाचित भएका छन्।

 

महासंघ स्रोतका अनुसार, अधिवेशनले जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यवसायीमैत्री बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।

 

लामो समयदेखि यातायात व्यवसायमा सक्रिय मानन्धर र श्रेष्ठको अनुभव, संगठनप्रतिको प्रतिबद्धता तथा सहकार्यको भूमिकालाई मूल्यांकन गर्दै प्रतिनिधिहरूले सर्वसम्मत निर्णय गरेको बताइएको छ।

 

नव–निर्वाचित अध्यक्ष मानन्धरले पर्सा जिल्लाका यातायात व्यवसायीका हक–हित संरक्षण, नीतिगत सुधार र सरकारी निकायसँग सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

त्यस्तै, सचिव श्रेष्ठले संगठनलाई अझ सुदृढ, पारदर्शी र क्रियाशील बनाउने दिशामा काम गर्ने बताएका छन्।

 

नयाँ कार्यसमितिलाई विभिन्न यातायात व्यवसायी, सरोकारवाला निकाय तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.