logo

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

 इसीमाना सम्बाददाता     २०८२ माघ १५ गते ०५: ५४ मा प्रकाशित     383   पटक पढिएको

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

 

वीरगन्जस्थित मधेश विश्वविद्यालय परिसरमा आयोजना गरिएको महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ।

May be an image of one or more people, wedding and text

उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

May be an image of one or more people, dais and text that says 'tanejpay 他: PARTNERS मघशा भडोससीत බතන් PARTNERS G 000 ባ 00o 000 9 00'

 मधेशको भाषा, साहित्य र संस्कृतिले यहाँको पहिचान र इतिहासलाई जीवन्त बनाउने उनले आफ्नो मन्तब्यमा ब्यक्त गरे। उनले यस्ता महोत्सवहरूले गरे ।

 

महोत्सवको अध्यक्षता वीरगन्ज महानगरपालिकाका प्रमुख तथा महोत्सव संरक्षक राजेशमान सिंहले गरेका थिए। कार्यक्रमको संचालन भने पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख एव अभियान्ता सलमा खातुनले गरेकी थिइन ।

 

कार्यक्रममा महानगरप्रमुख  सिंहले  महोत्सवलाई सांस्कृतिक चेतनाको अभियानका रूपमा व्याख्या गर्दै वीरगन्जलाई साहित्य, कला र बौद्धिक संवादको केन्द्र बनाउने दिशामा महानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 


कार्यक्रममा मधेश बिश्वबिद्यालयका उपकुलपती डा. दीपक शाक्य, भाष आयोगका अध्यक्ष डा. गोपाल ठाकुर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

 

आयोजक संस्था उत्कर्ष नेपालका अनुसार महोत्सव अवधिभर गाउँ–केन्द्रित बहस, साहित्यिक सत्र, काव्यशाला, बहुभाषिक कवि गोष्ठी तथा विविध सांस्कृतिक प्रस्तुति सञ्चालन गरिनेछ।

 

 महोत्सवमा देशका विभिन्न क्षेत्रबाट साहित्यकार, कवि, कलाकार र बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।

 

आयोजकले महोत्सवले ग्रामीण जीवन, स्थानीय भाषा र मौलिक संस्कृतिलाई केन्द्रमा राख्दै समावेशी साहित्यिक संवाद निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.