logo

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

 इसीमाना सम्बाददाता     २०८२ माघ १५ गते ०५: ५४ मा प्रकाशित     60   पटक पढिएको

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

 

वीरगन्जस्थित मधेश विश्वविद्यालय परिसरमा आयोजना गरिएको महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ।

May be an image of one or more people, wedding and text

उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

May be an image of one or more people, dais and text that says 'tanejpay 他: PARTNERS मघशा भडोससीत බතන් PARTNERS G 000 ባ 00o 000 9 00'

 मधेशको भाषा, साहित्य र संस्कृतिले यहाँको पहिचान र इतिहासलाई जीवन्त बनाउने उनले आफ्नो मन्तब्यमा ब्यक्त गरे। उनले यस्ता महोत्सवहरूले गरे ।

 

महोत्सवको अध्यक्षता वीरगन्ज महानगरपालिकाका प्रमुख तथा महोत्सव संरक्षक राजेशमान सिंहले गरेका थिए। कार्यक्रमको संचालन भने पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख एव अभियान्ता सलमा खातुनले गरेकी थिइन ।

 

कार्यक्रममा महानगरप्रमुख  सिंहले  महोत्सवलाई सांस्कृतिक चेतनाको अभियानका रूपमा व्याख्या गर्दै वीरगन्जलाई साहित्य, कला र बौद्धिक संवादको केन्द्र बनाउने दिशामा महानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 


कार्यक्रममा मधेश बिश्वबिद्यालयका उपकुलपती डा. दीपक शाक्य, भाष आयोगका अध्यक्ष डा. गोपाल ठाकुर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

 

आयोजक संस्था उत्कर्ष नेपालका अनुसार महोत्सव अवधिभर गाउँ–केन्द्रित बहस, साहित्यिक सत्र, काव्यशाला, बहुभाषिक कवि गोष्ठी तथा विविध सांस्कृतिक प्रस्तुति सञ्चालन गरिनेछ।

 

 महोत्सवमा देशका विभिन्न क्षेत्रबाट साहित्यकार, कवि, कलाकार र बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।

 

आयोजकले महोत्सवले ग्रामीण जीवन, स्थानीय भाषा र मौलिक संस्कृतिलाई केन्द्रमा राख्दै समावेशी साहित्यिक संवाद निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.