काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए ।
रास्वपा नेता बालेन साहसंगै अछाममा गएका बेला अचानक बेहोश भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।
तपाईको प्रतिक्रिया