logo

मतदान हुनुभन्दा ७२ घण्टा अघि नै सबै आधिकारिक नाकाहरू सिल गर्ने सहमति

 इसीमाना सम्बाददाता     २०८२ फागुन १० गते १०: ३० मा प्रकाशित     245   पटक पढिएको

 वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत सीमा सुरक्षालाई कडाइ गर्ने निर्णय भएको छ। वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) मा शनिबार बसेको सीमा समन्वय समितिको बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अघि नै सबै आधिकारिक नाकाहरू सिल गर्ने सहमति जुटाएको हो।

निर्वाचन अवधिमा शान्ति–सुरक्षा सुनिश्चित गर्दै सम्भावित अवाञ्छित गतिविधि रोक्न आवतजावतमा पूर्ण नियन्त्रण गर्ने निर्णय गरिएको बैठकमा सहभागी अधिकारीहरूले जानकारी दिएका छन्।

बैठकमा सीमा क्षेत्रबाट हुन सक्ने अन्तरदेशीय अपराध, अवैध मदिरा कारोबार, नक्कली नोटको ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिने प्रतिबद्धता जनाइएको छ। सूचना आदानप्रदानलाई तीव्र बनाउने, संयुक्त गस्ती बढाउने र चेकजाँचलाई थप कडाइ गर्ने विषयमा दुवै देशबीच समझदारी बनेको छ।

यसपटकको छलफलमा भारतीय पक्षले पहिलोपटक सिर्सिया नदीको प्रदूषणबारे औपचारिक चासो राखेको छ। वीरगञ्ज हुँदै भारतको रक्सौलतर्फ बग्ने नदीको पानी प्रशोधनबिना नपठाउन आग्रह गर्दै ‘वाटर ट्रीटमेन्ट प्लान्ट’ सञ्चालनमा ल्याउनुपर्ने धारणा राखिएको हो। औद्योगिक फोहोरका कारण सीमावर्ती भारतीय क्षेत्रको जनस्वास्थ्यमा असर परेको दाबी गर्दै प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरिएको छ। साथै, दशगजा क्षेत्रको सुरक्षा सुदृढीकरण र सीमा अतिक्रमण नियन्त्रणमा सहकार्य बढाउने विषय पनि उठाइएको छ।

बैठकमा नेपालको तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए। भारतीय पक्षबाट बिहार राज्यअन्तर्गत पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका डीएम दिनेश कुमारसहित सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

दुवै देशका अधिकारीहरूले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा व्यवस्थापनमा निरन्तर समन्वय कायम राख्ने प्रतिबद्धतासहित बैठक टुंग्याएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.