logo

निर्वाचन हुन १० दिन बाँकी, आचारसंहिता उल्लङ्घन नगर्न स्थानीय जनप्रतिनिधिलाई आयोगको चेतावनी

 इसीमाना सम्बाददाता     २०८२ फागुन ११ गते ०१: ०१ मा प्रकाशित     188   पटक पढिएको

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई आचारसंहिता विपरीत कुनै पनि दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ।

 

 निर्वाचन हुन अब १० दिन मात्र बाँकी रहेकाले आयोगले निष्पक्ष र स्वच्छ वातावरण सुनिश्चित गर्न सबै सरोकारवालालाई सचेत गराएको हो।

 

आयोगले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्नु सबै राजनीतिक दल, उम्मेदवार तथा सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको कर्तव्य भएको उल्लेख छ।

 

स्वतन्त्र, पारदर्शी, मितव्ययी तथा भयमुक्त निर्वाचन सम्पन्न गराउन आयोगले अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

 

केही स्थानीय जनप्रतिनिधिहरूले आचारसंहिता विपरीत आफ्नै कार्यक्षेत्रभित्र चुनावी गतिविधिमा सहभागिता जनाएको भन्दै उजुरी र गुनासा प्राप्त भएको आयोगले जनाएको छ। सो विषयमा आयोगले गम्भीर चासो व्यक्त गर्दै नियमको पालना गर्न पुनः सचेत गराएको छ।

 

आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीहरूले आफू कार्यरत रहेको स्थानीय तहबाहेक अन्य क्षेत्रमा दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने प्रावधान भए पनि सरकारी स्रोत–साधनको प्रयोग गर्न पूर्ण प्रतिबन्ध रहेको छ।

 

 तर, आफ्नै स्थानीय तहभित्र भने कुनै पनि दल वा उम्मेदवारको प्रचारमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था छ।

 

आयोगले निर्वाचनको मर्यादा कायम राख्न सबै जनप्रतिनिधिलाई जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

व्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

वीरगञ्जज ।  वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित र लथालिङ्ग अवस्थामा छाडिएका इन्टरनेटका तारहरूका कारण सहरी सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले यसको व्यवस्थापनका लागि अग्रसरता देखाएको छ।

भारतमा मल किन्न जादा पक्राउ परेका सर्लाहीका सिंहद्वय धरौटीमा रिहा

वीरगंज । भारतमा रासायनिक मल खरिद गर्न जाँदा पक्राउ परेका सर्लाहीका दुई किसानलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.