logo

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

 इसीमाना सम्बाददाता     २०८२ चैत ५ गते १२: २४ मा प्रकाशित     253   पटक पढिएको

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ । 

 

शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको अभाव भएकाले  रक्तदान गर्नका लागि अपिल गरिएको छ ।

 

निर्वाचन पछि रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १ सय ५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ । 

 

रक्तदानका कार्यक्रमहरु न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो । शाखाले संञ्चालन गरेको प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरुमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरु आएर रक्तदान गर्ने गरेका छन् ।

 

बाहिरबाट आएका बिरामीहरुको उपचार रगतका कारण रोकिन थालेको छ । 

 

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिदैं आईएको छ । 

 

यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पु¥याउन कठिन भएको उहाँले बताउनुभयो । क्यान्सरका बिरामीहरुलाई धेरै रगतको आवश्यक पर्दछ । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.