logo

जंगलबाट निस्किएका निलगाई र बँदेल गाउँमै रम्दै , बालीनालीमा उपद्रो मच्चाएका कारण किसानले सास्ती खेप्दै

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ३० गते ०७: ३५ मा प्रकाशित     296   पटक पढिएको

बर्दिवास । महोत्तरीको मध्य तथा दक्षीणी भेगमा नीलगाई र बँदेलको संख्या बढदो छ ।

 

आहारको खोजीमा महेन्द्र राजमार्ग क्षेत्रबाट जिल्लाको  मध्य तथा दक्षीणी भागमा झरेका बँदेल र नीलगाईले अब तलतिरकै बस्ती आसपासका झाडी र घारीमा बच्चा जन्माउने र हुर्काउन थालेपछि उनीहरुको सख्या बढेको स्थानीयको भनाई छ । 

 

जिल्लाको भारतीय सीमावर्ती बस्तीसम्मै नीलगाईका बथान र बँदेलका हुल देखिन थालेको स्थानीयको भनाई छ । 


केही वर्ष पहिले जिल्लाको सीमावर्ती क्षेत्रमा  झरेका नीलगाई र बँदेलले त्यतै बच्चा जन्माउने र हुर्काउने गरेपछि  सङख्या निकै बढेको हो ।

 

वैशाख मध्यपछि हलक्क बढेको उखुघारी र नदीकिनारका काँसघारी यिनको बासस्थान हुने गरेको स्थानीयको भनाई छ ।

 

जिल्लाको  जलेश्वर र मटिहानी नगरपालिका क्षेत्र  एकडारा, मनराशिश्वा एवं सम्सी र सोनमासहितका स्थानीय तहका बस्ती नजिक  नीलगाईको बथान र बँदेलका हुल देखिन्छन् ।

 

 दिनभरि उखु र काँसघारीमा लुकेर रातभरि बालीनाली सखाप पार्ने बँदेल र नीलगाईको उपद्रवले किसानहरु हैरानीमा परेका छन । 

 

पूर्वपश्चिम राजमार्ग दायाँबायाँको वन क्षेत्रबाट ३० देखि ४५ किलोमिटरको दूरीमा रहेका ति बस्तीहरुमा निलगाई र बँदेल रतिदै गएका छन ।

 

मान्छे देखेपनि डराउ छाडेका उनीहरु हो हल्ला गर्दा ठिङ्ग उभिएर हेर्ने गर्छन । उनीहरुलाई लखेट्न दुई चार जनाको समुहनै चाहिन्छ । किसानलाई बँदेल लखेट्न भने निकै सकस हुदै आएको छ । 

 

  पछिल्ला चारपाँच वर्षदेखि वन क्षेत्रबाट निकै तल झरेका बँदेल र नीलगाई विस्तारै यतै रतिदै गएर मान्छेसँग डराउन छाडेका सर्वसाधारण बताउँछन् ।

 

वनक्षेत्रमा आहारा र पानीको अभावसँगै सिकारीको आखेटले तलतिर झरेका नीलगाई र बँदेलले ति बस्तीमा प्रशस्त हरियो बालीनाली भेट्टाएपछि वन बिर्संदै गएर यतै रमेका औरही–१ का चन्देश्वर यादवको भनाइ छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.