logo

तराई हस्पिटल भित्रको क्यान्टिनलाई ५० हजार जरिवाना,होटेलहरुलाई गुणस्तीय सेवा दिन निर्देश

 इसीमाना सम्वाददाता     २०८३ जेठ १ गते ०४: ०४ मा प्रकाशित     390   पटक पढिएको

वीरगञ्ज । अस्पताल भित्र संचालीत मापदण्ड अनुपको नपाइएपछि ५० हजार रुपैया जरिवाना गरिएको छ । वीरगंज महानगरको वडा नं.१३ मा रहेको तराई हस्पिटल भित्र संचालीत क्यान्टिनलाई दण्डीत गरिएको हो ।

 

संयुक्त बजार अनुगमनटोलीले क्यान्टिनलाई मापदण्ड पुुरा नगरि संचालन गरेको भन्दै दण्डीत गरेको जनाएको छ ।

 

वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित यातायात व्यवस्था  कार्यालय रोडमा रहेको तराई हस्पिटलभित्र सञ्चालित क्यान्टिन दर्ता नगरि सञ्चालन गरिएको, सरसफाइको अवस्था कमजोर रहेको तथा कामदारहरूले स्वच्छता मापदण्ड पालना नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड “ट” तथा दफा ३९ (१) को खण्ड “घ” अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।

 

त्यसैगरी सोही क्षेत्रमा सञ्चालित ज्योती मगर होटललाई २० हजार रुपैयाँ र उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। बुद्ध होटललाई भने थप विवरणसहित जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पर्क राख्न निर्देशन दिइएको छ।

 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुरेश शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका श्रवण कुमार साह, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका सदस्य प्रकाश कुमार शाह, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामकुमार थिङ लगायतको टोलीले अनुगमन गरेको हो ।

 

अनुगमन टोलीले व्यवसायीहरूलाई उपभोक्ताले तिरेको मूल्यअनुसार गुणस्तरीय सामग्री, सुरक्षित सेवा तथा स्वच्छ वातावरण उपलब्ध गराउन आग्रह गरेको छ।

 

विशेषगरी होटल, रेस्टुरेन्ट तथा खाद्य सामग्री बिक्री गर्ने व्यवसायीहरूले हाईजिन, खाद्य सुरक्षाको मापदण्ड र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

 

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका व्यवसायमा लापरवाही गर्न नपाइने भन्दै टोलीले आगामी दिनमा अझ कडाइका साथ अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.