logo

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

 इसीमाना सम्वाददाता     २०८३ असार ६ गते ११: ३१ मा प्रकाशित     67   पटक पढिएको

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन । 

 


ठोरी गाँपालिकाका १४५ जना बिद्यार्थीहरुले १२ कक्षाको परिक्षा दिएका थिए । त्यस मध्य ४५ जना अतिर्ण भएका छन  ।उतिर्ण भएका  मध्य ज्ञान वाटिका माध्यमिक विद्यालय, सुवर्णपुरकी छात्रा चौधरीले गाउँपालिका भरिमा सर्वोत्कृष्ट अंक हासिल गर्न सफल भएकी हुन ।

 

उनको उपलब्धीलाई बिद्यालयले गौरबको बिषय भनेको छ । 

 


बिद्यालयहरुमा सरस्वती माध्यमिक विद्यालय उत्कृष्ट बनेको छ। उक्त विद्यालयबाट सहभागी ४२ जनामध्ये २३ जना उत्तीर्ण हुँदै ५४.७६ प्रतिशत नतिजासहित पहिलो स्थानमा रहेको छ।

 

ज्ञान वाटिका माध्यमिक विद्यालय, सुवर्णपुर ३३.३३ प्रतिशत (१२ मध्ये ४ जना) सहित दोस्रो, नेरा माध्यमिक विद्यालय, ओडार २५ प्रतिशत (१६ मध्ये ४ जना) सहित तेस्रो, प्राविधिक माध्यमिक विद्यालय, दीपकनगर २०.५१ प्रतिशत (३९ मध्ये ८ जना) सहित चौथो तथा माध्यमिक विद्यालय विजयबस्ती १६.६७ प्रतिशत ९(३६ मध्ये ६ जना) सहित पाँचौँ स्थानमा रहेका छन्। ठोरीको समग्र उत्तीर्ण प्रतिशत ३१.०३ रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

विपद्मा परिचालन हुने  स्वयंसेवककालागि विस्तारित पुनर्ताजगी तालिम सम्पन्न

वीरगञ्ज ।  मनसुनजन्य तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर  पर्साले सञ्चालन गरेको तीनदिने “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” सम्पन्न भएको छ।

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.