अन्तर विद्यालय नकआउट कबड्डी खेलमा डिएभी र एन्जल विजयी
अन्तर विद्यालय नकआउट कबड्डी खेलमा डिएभी र एन्जल विजयी
1/22/2017 गते 00 00 मा प्रकाशित
1674 पटक पढिएको
वीरगञ्ज, ९ माघ ः म्याक्स इन्टरटेन्मेन्ट एंण्ड एड्भरटाइजींगले आयोजना गरेको अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा छात्रतर्फ डिएभी मावि र छात्रा तर्फ एन्जल इन्टरनेशनल स्कुल विजयी भएको छ ।
डीएभी माविले सुर्योदय माविलाई हराएको हो । निर्धारित ४० मिनेटको खेलमा डिएभीले ११० र सुर्योदय माविले २१ अंक मात्रै प्राप्त गरेको हो । पहिलो खेलको म्यान अफ दी म्याच डिएभी माविका आकिब अख्तर घोषित भएका छन् । त्यसैगरी आईतबारै भएको छात्रा तर्फको खेलमा एन्जल इन्टरनेशनल स्कुल विजयी भएको छ । एन्जल इन्टरनेशनल स्कुलले ग्रेस माविलाई हराएको हो । निर्धारित ३० मिनेटको खेलमा एन्जल इन्टरनेशनल स्कुलले ३४ र ग्रेस माविले १२ अंक प्राप्त गरेको हो ।
माघ १२ गते सम्म चल्ने प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ ६ गरि कुल १८ वटा निजी विद्यालयले भाग लिएको आयोजनकले जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया