logo

डिएभी र कन्चनजंघा मावि कबड्डीको फाईनलमा

डिएभी र कन्चनजंघा मावि कबड्डीको फाईनलमा

      1/24/2017 गते 00 00 मा प्रकाशित     1232   पटक पढिएको

वीरगञ्ज, ११ माघ । डिएभी र कञ्चनजंघा मावि, वीरगञ्जमा जारी अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको छात्र तर्फको सेमीफाइनल खेलमा जित हात पार्दै दुवै टिम फाइनलमा प्रवेश गरेका हुन् ।

छात्र तर्फ मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा जिएचपी माविलाई ६२÷१७ अंकले पराजित गर्दै डिएभी माविले फाइनलमा स्थान पक्का गरेको हो । मंगलबारै भएको अन्तिम सेमीफाइनल खेलमा वीरगञ्ज पब्लिक स्कुललाई ४९÷३४ अंकले पाखा लगाउदै कन्चनजंघा माविले पनि फाइनलमा स्थान सुरक्षित गरेको हो । यी दुई बिचको फाइनल खेल बुधबार हुनेछ । यसैगरी मंगलबारै भएको छात्रा तर्फको स्पर्धामा डिएभी माविले तेश्रो स्थान हाँसिल गरेको छ । 

एन्जल इन्टरनेशनल स्कुललाई ५१/१४ अंकले पराजित गर्दै डिएभी माविले तेश्रो बनेको हो । छात्रा तर्फको फाइनल खेल बुधबार हुने आयोजक म्याक्स इन्टरटेन्मेन्ट एंण्ड एड्भरटाइजींगका संयोजक अमीत अग्रवालले बताए । प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ ६ गरि कुल १८ वटा निजी विद्यालयले भाग लिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.