logo

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा

      1/30/2017 गते 00 00 मा प्रकाशित     2024   पटक पढिएको

 

बारा १७ । राजधानी बाहिरकै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । माघ २० गते उद्घाटन हुने प्रतियोगितामा ए डिभिजनका पाच र मोफसलका पाच गरी १० टिमको सहभागीता रहनेछ । आयोजक क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनका नेपाल आर्मीको त्रिभूवन क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् ।

 

प्रतियोगितामा मोफसलका साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुनेछन् ।
अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार नगद प्राप्त गर्नेछ । उपबिजेताले भने दुई लाख ५१ हजारमा चित्त बुझाउनेछ । प्रत्येक बर्ष पुरस्कार राशी बृद्धि गर्दै आएको आयोजकले यस बर्ष भने सो राशी बृद्धि नगरेर खेलाडी प्रोत्साहन भत्ता बढाएको छ । प्रतिस्पर्धामा जानुभन्दा पनि खेल खेल्ने खेलाडीलाई प्रोत्साहन गर्नका लागि उनिहरुलाई दिईने सुविधा बढाएको आयोजक क्लबका अध्यक्ष एवम् प्रतियोगिता मुल आयोजक कमिटिका अध्यक्ष कासिम मियाले जानकारी दिए ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद पाच हजार र ट्रफिले पुरस्कृत गरिने जानकारी ठकुरीले पत्रकार सम्मेलनमा दिए । आयोजकले यस बर्ष खेल अवधीमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ६३ जनाको जीवन बिमा गरेको छ । अध्यक्ष मियाका अनुसार खेलाडी, रेफ्री, दर्शक, पत्रकार र प्रतियोगितामा खटिएका आयोजक क्लबका सदस्यको बिमा गरिएको हो । खेल अवधीमा घाईते भएमा ५० हजारसम्मको दुर्घटना बिमा र घाईते भई कसैको मृत्यु भएको पाच लाखसम्मको बिमा गरिएको अध्यक्ष मियाले बताए ।

 

झण्डी तीन महिनादेखी ५१ सदस्यीय मुल आयोजक कमिटि र विभिन्न उपसमिति गठन गरेर तयारी थालेको आयोजकले खेल सञ्चालन गर्नका लागि आवश्यक सबै पूर्वाधार तयार पारेको छ । मैदान मर्मत, रंगशाला घेर्ने, प्यारापीट मर्मतलगायत सबै पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको प्रेस तथा सञ्चार संयोजक दिवाकर भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस क्षेत्रकै उत्सवको रुपमा रहेको प्रतियोगिता नजिकिदै गएपछि सिमरालगायत आसपासका चोकलाई सजाउन थालिएको छ । रंगशाला निर्माण, फुटवल एकेडेमी सञ्चालनलगायत खेलकुदको बिकास गर्ने विभिन्न उदेश्यसहित प्रत्येक बर्ष आयोजना भईरहेको प्रतियोगिता हेर्न दर्शक पनि उत्साहित भएका छन् ।
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.