logo

रंगशाला पुनः निर्माणको लागि डिटेल प्रोजेक्ट रिपोट कार्य शुरु

      2/3/2017 गते 00 00 मा प्रकाशित     1829   पटक पढिएको


वीरगंज, २१ माघ । नारायणी रंगशाला वीरगंजको पुनः निर्माणको लागि आज देखि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)कार्य शुरु भएको छ । पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवको बिशेष पहलमा काठमाडौंबाट आएका प्राविधिकहरुको टोलीले आज देखि सो कार्य शुरु गरेको छ ।

आज बिहान स्थलगत निरिक्षण पश्चात प्राबिधिक टोली संग छलफल गर्दै सांसद यादवले डिपिआर अध्ययनमा कुनै किसिमको समस्या आए आफुलाई जानकारी गराउन आग्रह गरेका थिए । देशकै नमुना खेलकुद रंगशाला आफनो क्षेत्रमा परेकोले यसको बिकासमा मेरो दायित्यव र जिम्मेवारी बढि हुने बताए । डिपिआर पश्चात सरकारले दिने बजेट पश्चात आफुले यसको बिकास बारे थप रकम बिनियोजन गर्ने धारणा राखेका थिए । करिब चार महिनाको अध्ययण पश्चात प्राबिधिक टोलीले आफनो प्रतिवेदन सरकारलाई बुझाउने र सरकारले सोही प्रतिवेदन अनुसार रंगशाला पुनः निर्माणको लागि बजेट छुट्याउने जिल्ला खेलकुद बिकास समिती पर्साका कार्यवाहक अध्यक्ष दिपक तिवारीले बताए ।

 

टोलीले नारायणी रंगशालाको वाल, जग्गा, प्याराफिट,  कबडहल, क्रिकेट ग्राउण्ड लगायतको ठाँउको बिस्तृत अध्ययण गर्ने र सोही अनुसार मास्टर प्लान बनाई मन्त्रालयमा बजेट मांग गर्ने मध्यमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजारले बताए । हाल पर्सा जिल्लामा रहेको नारायणी रंगशाला क्षेत्रको मात्र काम हुने र सो कार्य गर्न चार महिना समय लाग्ने तथा आयोजना सम्पन्न गर्न करिब १५ लाख लागत लाग्ने प्राविधिक टोलीका सदस्य एवं ग्रीट कन्सल्टेन्टका आर्कटिक्ट प्लानर अरुणा टन्डुकारले बताईन ।

 

प्रविधिक टोलीमा आर्कटिक्ट प्लानर अरुणा टन्डुकार, सिभिल ईन्जिनियर अंगी श्रेष्ठ,पंकज अधिकारी ईलेक्ट्रिकल ईन्जिनियर ओमसागर बन्जारा लगायतका रहेका छन् । छलफल तथा स्थलगत निरिक्षणमा मध्यमाञ्चल खेलकुद बिकास समितीका ईन्जिनियर शिवचन्द्र यादव, जिल्ला खेलकुद बिकास समितीका सदस्य राजाबाबु रौनियार,समाजसेवी अकलेश साह  लगायत  प्रशिक्षक, खेलाडीको उपस्थिती रहेको थियो ।
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.