logo

एपिएफलाई पन्छाउदै संकटा सिमरा गोल्डकपको सेमिफाईनलमा

      2/3/2017 गते 00 00 मा प्रकाशित     1599   पटक पढिएको


सिमरा, २१ माघ । बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । बिभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा देखिएपनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथी संघटाले खेलको ४१ औं मिनेटमा पहिलो गोल गरेको थियो । बिदेशी खेलाडी मार्टिन अजाईले डिबक्स भित्रबाट गरेको क्रसलाई सदुपयोग गर्दै राजले बललाई पोष्टको दिशा दिएका थिए ।


खेलमा अग्रता लिएको पाच मिनेट बित्न नपाउदै संकटाले अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा थपिएको एक मिनेटको ईन्जुरी समयमा संकटाका लागि सुशील केसीले दोस्रो गोल गरेका थिए । मार्टिनकै क्रसलाई सुशीलले सदुपयोग गरेको थियो । खेलमा दुई गोलले परेपछि दवावमा देखिएको एपिएफले दोस्रो हाफमा भने लय देखाउन सकेन् । दोस्रो हाफको सुरुवातदेखीनै संकटाले एपिएफलाई दवावमा राखेको थियो । खेलमा फर्कने केही अवसर सिर्जना गरेपनि एपिएफले सदुपयोग गर्न भने सकेन् । एपिएफका युवराज खड्काले थुप्रै अवसर खेल फालेका थिए ।

खेलमा पराजय भोगेपछि निराश बनेका एपिएफका प्रशिक्षक कुमार थापाले दोस्रो हाफमा सुधारिएर खेल्न नसक्दा हार ब्यहोर्नुपरेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनितिअनुसार खेलाडीले खेलेको कारण जित हात पारेको प्रतिक्रिया दिए । एपिएफविरुद्ध अग्रता लिएपछि रक्षात्मक खेल खेलेको खड्गीले बताए ।
संकटाको जितमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन अजाई खेलको ‘पतन्जली म्यान अफ दि म्याच’ घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिवार सहारा क्लब पोखरा र वीरगन्ज युनाईटेड क्लबबिच खेल हुनेछ ।
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.