logo

बिजय युथ सेमिफाईनलमा

      2/5/2017 गते 00 00 मा प्रकाशित     1745   पटक पढिएको

 

सिमरा । सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतवार भएको खेलमा सडन डेथमा संघर्षपूर्ण जित हात पार्दै बिजय युथ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकर पनि ३–३ को बराबरीमा रोकिएपछि नतिजा सडन डेथबाट निस्किएको थियो । सडन डेथमा सरस्वतीका तिर्थ बस्नेतले प्रहार गरेको बल पोष्टमा ठोक्किदा बिजय युथका अशोक थापाले बिजयी गोल गरेका थिए ।

यसअघि निर्धारित समयमा दुबै टिमले बराबरी खेले । निकै रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्ने थुप्रै अवसर चुकाएका थिए । खेलको ५औ मिनेटमा बिके लामाले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिला बिजय युथले सुरुवातमै अग्रता लिने अवसर गुमाउन पुग्यो । खेलको २ मिनेटमा सुनिल बलले गोल गर्ने अर्को अवसर चुकाए । सुजित बुढाथोकीको पासलाई बलले पोष्टको दिशा दिन सकेनन ।


प्रतिस्पर्धात्मक पहिलो हाफको २० औ मिनेटमा सरस्वतीका रमेश घिसिङले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टनजिकैबाट बाहिरियो । आपसी तालमेल बनाएका दुबै टिमको फिनिसिङ पक्ष भने कमजोर देखियो । खेलको दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा फर्मेसन परिवर्तन गरेको बिजय युथले सरस्वतीविरुद्ध केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् । दोस्रो हाफमा दुबै टिमले रक्षात्मक खेल प्रस्तुत गरेपछि निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सरस्वतीका जोनम लिगल, सेनेहाङ लिम्बु, रमेश घिसिङले गोल गर्दा दिपेश श्रेष्ठको बल बिजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे । सरस्वतीका अर्का खेलाडी सबिन खड्काका प्रहार भने क्रसबारमाथी बाट बाहिरियो । बिजय युथका सुनिल बल, सुरज बिष्ट र अविशेक रिजालले बललाई जाली चुमाउदा सन्जय राजबाहकको बल पोष्ट नजिकैबाट बाहिरिन पुगेको थियो । बिजय युथका बर्षात गुरुङको प्रहार भने  सरस्वतीका गोलरक्षक कृष्ण चौधरीले बचाउ गरे ।


रोमाञ्चक टाईब्रेकरमा नजिता ननिस्केपछि खेल सडन डेथमा पुगेको हो । सरस्वतीका प्रशिक्षक कृष्ण गोपाल श्रेष्टले अवसरको सदुपयोग गर्न नसक्दा नजिता अरुलाई सुम्पनुपरेको बताए । बिजय युथका प्रशिक्षक सुविन घिमिरले पनि फिनिसिङ पक्ष भने कमजोर देखिएको बताए । खेलको म्यान अफ दि म्याच बिजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले पाच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बिच खेल हुनेछ ।
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.