logo

खुल्ला सुगठन प्रतियोगिताको तयारी पुरा

      3/24/2017 गते 00 00 मा प्रकाशित     1687   पटक पढिएको

वीरगंज ११ चैत्र । वीरगंजमा हुन गइरहेको मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ । फिटनेश स्टुडियो नेपालको आयोजनामा चैत्र १२ गते वीरगंजको नेशनल मेडिकल कलेजमा हुने खुल्ला शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका महासचिव सन्तोष जनाएका छन । कार्यक्रममा पर्सा, बारा, चितवन, मकवानपुर, रौतहट नारायणी अञ्चल भरीका ५५, ६०, ६५, ७० केजी समुहका करिब १सय जना प्रतिस्पर्धीहरुको सहभागीता रहने जनाइएको छ । प्रतियोगितामा मिस्टर नारायणी श्रीका प्रथम बिजेतालाई रु। १ लाख, दोस्रो बिजेतालाई ५० हजार, तेस्रो बिजेतालाई ३० हजार र चौथो बिजेतालाई २० हजार प्रदान गरिने समेत महासचिव पटेलले जनाए । शारीरिक व्यायाम गर्न सर्वसाधारणलाई प्रेरित गर्ने, विभिन्न प्रकारका दुव्र्यसनहरुबाट युवा वर्गलाई टाढा राख्ने, खेलको संस्थागत विकास र विस्तार गर्ने, व्यवसायिक खेलाडिहरु तयार गर्ने, शारीरिक ब्यामका माध्यमबाट स्वास्थ्य र दक्ष जनशक्ति तयार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको छ । प्रतियोगिताका विजेतालाई मलेसिया, सिंङ्गापुर ५ दिनका लागि भ्रमणको व्यवस्था समेत गरिएको जनाइएको छ । सो अवसरमा नेपालका चर्चित नेपाली तथा भोजपुरी गायकद्धारा मनोरन्जनात्मक प्रस्तुती, जुम्वा डान्स, हास्य कलाकारद्धारा मनोरञ्जनात्मक प्रस्तुती समेत गराइने जनाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.