logo

पोखरा रंगशालाभित्र तीनवटा टेनिस कोर्टको उद्घाटन

      3/18/2017 गते 00 00 मा प्रकाशित     1787   पटक पढिएको

चैत्र ५,पोखरा
कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालाभित्र बनेको विभिन्न टेनिस कोर्टमध्ये शनिबार तीनवटा टेनिस कोर्टको एकै पटक उद्घाटन गरिएको छ । टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलेनै टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कम्प्लेक्स हाताभित्र निर्माण भएको कोर्र्ट नम्बर ३ बि एण्ड बि टेनिस कोर्टको बिमल बस्यालले, कोर्ट नम्बर ४ सूर्य–प्रेम टेनिस कोर्टको किरण केसीले तथा कोर्ट नम्बर ५ नेपाली हङकङ्ग टेनिस कोर्टको हङकङ नेप्लीज टेनिस सोसाइटीका अध्यक्ष मगेन राईले उद्घाटन गरेका हुन् ।
सो अबसरमा टेनिस संघ कास्कीले दाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरेको थियो । त्यसैगरि टेनिस कम्प्लेक्समा भौतिक निर्माणमा सहयोग गरेको भन्दै तमुधी जापानका अध्यक्ष श्री गुरुङ्गलाई पनि संघले सम्मान ग¥यो । त्यस्तै टेनिस कम्प्लेक्ससम्म खानेपानीको धारा पु¥याउन सहयोग गरेको भन्दै खानेपानी संस्था पोखराका प्रमुख निरन महर्जनलाई पनि सम्मान गरिएको थियो ।
संघ कास्कीका अध्यक्ष विनोद कायस्थ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, सशस्त्र प्रहरी बलका एसएसपी कृष्णभक्त बर्माचार्य लगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।
यसैबिच होली कप पोखरा ओपन डबल्स टेनिस प्रतियोगिताको उपाधी राजन पौडेल र अनिल तुलाचनको जोडिले जितेका छन् । शनिबार भएको फाइनल खेलमा उनीहरुले अनिल शाहि र रामराजा कार्कीको जोडीमाथि २–६, ६–४ र ६–२ को नतिजा निकालेका थिए । विजयी खेलाडीहरुलाई ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गर्दै टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरे । आगामी दिनहरुमा पोखराबाट उत्कृष्ट युवा खेलाडीहरुको उत्पादनमा संघ कास्की लागि पर्ने उनले जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.