logo

 मिस्टर नारायणीको उपाधी लामालाई

      3/25/2017 गते 00 00 मा प्रकाशित     1743   पटक पढिएको

वीरगंज १२ चैत्र । मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको उपाधि मनिस मान लामाले हात पारेका छन् ।
फिटनेश स्टुडियो नेपालको आयोजनामा आज वीरगंजको नेशनल मेडिकल कलेजमा भएको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारी, नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले संयुक्त रुपमा उदघाटन गरेका थिए  ।
प्रतियोगितामा आलोक मिश्रा द्वितिय, सुरेश राजबंशी तृतिय र अजय कुमारले चौथो स्थान हासिल गरे ।  नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारीले  प्रतियोगिताका प्रथम विजेतालाई रु. १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र चौथोलाई २० हजार नगद, प्रमाणपत्र सहित मेडलल सम्मान गरे ।
 प्रतियोगितामा नारायणी अञ्चल भरीका ५५, ६०, ६५, ७० केजी समुहका २२ जनाले सहभागीता जनाएका थिए । 
कार्यक्रममा पर्साका प्रहरी उपरिक्षकद्वय गोबिन्द कुमार साह र रबिन्द्र ठाकुर, एसियन डिष्टिलरीका उदय बिष्ट, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल तेक्वान्डो संघका केन्द्रीय सदस्य शिवशंकर पटेल, लगायतको विशेष उपस्थिति रहेका थियो ।
प्रतियोगिताका विजेतालाई मलेसिया, सिंड्डापुर ५ दिनका लागि भ्रमणको व्यवस्था समेत गरिएको आयोजकले जनाएका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.